विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय ८ पुगेको छ भने, ४२ हजार ४ सय ५८ जना नया संक्रमित भएका छन् ।
यो संक्रमणका कारण एकै दिन हिजोमात्र २ हजार २ सय ९४ जनाको मृत्यु भएको थियो ।
चीनबाट सुरु भएको यो भाइरसका कारण अहिलै सबै भन्दा बढी इटाली चपेटामा परेको छ । पछिल्लो २४ घण्टामा इटालीमा मात्रै ७ सय ४३ जनाले मृत्यु भए पछि त्यहाँ मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। यसैगरी अमेरिकामा थप १ सय ४३ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ६ सय ९६ पुगेको छ। स्पेनमा कोरोना भाइरसका कारण हालसम्म २ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ ।
विकराल बन्दै गएको यो भाइरसको संक्रमण रोक्न यतिखेर विश्वभरनै उच्च सतर्कता अप्नाए पनि तिव्र गतिमा फैलिरहेको छ ।