विश्वव्यापी माहामारी रुप लिएको कोरोना भाइरसका कारण मास्क नपाएर धेरै चिन्तित भएका छन् । यो बेला मास्क सेनिटाइजर लगाएतका बस्तुहरुको हाहाकार भएको बेला व्यवसायी दीपक मल्होत्राको पहलमा नेपालमै मास्क उत्पादन शुरू भएको छ ।
आजबाट दैनिक ७० हजार थान मास्क उत्पादन गर्ने नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले जनाएका छन् । अहिले दैनिक ७० हजार थान मास्क उत्पादन गर्ने र प्रति मास्कको मूल्यमा ७ रुपैया पर्ने छ ।