संसारभर महामारीको रुप लिएको कोरोना भाइरसका कारण हालसम्म २१,२०० जना भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै ४ लाख ६८ हजार ९ सय ५ भन्दा बढी संक्रमित भएका छन् ।
कोरोना रोकथामका लागि धेरै प्रयास गरिए पनि अहिले भने यो झनझन विकराल बन्दै गएको छ । नेपालमा पनि हालसम्म तीन जनामा देखिएको पुष्टि भएको कोरोना भाइरसलाई नियन्त्रणमा लिन भन्दै सरकारले लकडाउन गरेपनि पूर्ण रुपमा लागुहुँन भने सकेको छैन् ।
लकडाउनका बेला चाहिने अतिआवश्यक खाद्यन दाल,चामाल,नुन लगाएतका बस्तुहरु घरघरमै पुर्याइदिने सरकारले घोषणा गरिसकेको छ । यो अवस्थामा घरबाहिर ननिस्कन पटक पटक आग्रह गरेको छ ।
गत डिसेम्बरको अन्तिम साताबाट चीनबाट सुरु भएको यो भाइरसका कारण हालसम्म इटली र स्पेनमा सबै भन्दा धेरैको मृत्यु भएको छ भने, अमेरीका लगाएतका देशमा पनि यसको प्रकोप तिब्ररुपमा फैलिएको छ । इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा अहिलेसम्म मृतकको संख्या १ हजार ३ सय ३१ पुगेको छ, २५ हजार २ सय ३३ संक्रमित छन् ।