logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट ११ बजेदेखि १ बजेसम्म बैंकहरु खुल्ने


अंकुरण खबर
1.3K
Shares

बिहीबारबाट बैंकले दुई घण्टे शाखा सेवा सुचारु गरेका छन् । राष्ट्र बैंकसँगको समन्वयनमा बैंकहरुले बिहीबारबाट आंशिक रुपमा ११ बजेदेखि १ बजेसम्म बैंकका शाखा सञ्चालन गर्न थालेका हुन् ।

देश लकडाउनमा भए पनि बैंकिङ अत्यावश्‍यक सेवा भएको कारण नरोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकर्स संघ सबै बैंकहरूलाई बुधबार नै परिपत्र जारी  एटीएम नरहेका शाखाहरू सञ्चालन गर्नको लागि आग्रह गरेको थियो ।

संघ र राष्ट्र बैंक समेतले भने जिल्लामा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयनमा शाखा सञ्चालनको निर्णय लिन आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई बढी प्राथमिकतामा राख्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुद्वारा सञ्चालित एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।