logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित नर्सको सुसाइड नोटः ‘अरू धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएँ’


अंकुरण खबर
832
Shares

इटालीमा एक नर्सले आत्महत्या गरेकी छन् । कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएकी ३४ वर्षीया नर्स डेनिला ट्रेज्जीले आफुलाई कोरोना संक्रमण भएपछि आत्महत्या गरेकी हुन् ।

बेलायतको चर्चित पत्रिका टेलिग्राफका अनुसार उनी इटालीको सबैभन्दा कोरोनापीडित लोम्बार्दी क्षेत्रमा पर्ने मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे संक्रमितको उपचार खटिइरहेकी थिइन् ।

उनले सुसाइड नोट पनि लेखेकी छन् । नोटमा उनले भनेकी छन्, ‘कोरोना भाइरसबाट संक्रमितको उपचार गर्दागर्दै म आफैं संक्रमित हुन पुगे। अब अरू मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र छैन । त्यसैले अरू धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी हुँ ।’