चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण अहिले विश्व नै त्रसित बनेको छ । कोरोनाभाइरसका कारण हालसम्म विश्वका १९२ भन्दा बढी देश प्रभावित भइरहेका छन् ।
विश्वका विभिन्न देशमा कोरोनाका कारण मृत्यु हुने र संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । नेपालमा पनि ३ व्यक्तिमा कारोना संक्रमण देखिएको छ ।
नेपालमा कोरोनाको संक्रमण देखिएपछि नेपाल सरकारले एक साताको लकडाउन गरेको छ । आज लकडाउनको तेस्रो दिन हो । देशको सबै ठाउमा कोरोना फैलन नदिन सतर्कता अपनाइएको हो ।
यसैक्रममा आफुलाई भ्रष्टाचार अभियान्ता बताउने ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपि शर्मा ओलीलाई एक सन्देश लेखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना विरुद्ध लड्न ५० करोडले नपुग्ने बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्: