logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब कोरोनाको परामर्श चिकित्सकले फोनबाटै दिने, यी नम्बरमा गर्नुस् सम्पर्क


अंकुरण खबर
4.121K
Shares

विश्ववव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढेसँगै चिकित्सकहरुले फोनबाटै गोप्य रुपमा परामर्श दिन सुरु गरेका छन् ।

नेपाल चिकित्सक संघले कोरोना भाइरसको संक्रमणको कुनै लक्षण देखिएमा गोप्य रुपमा चिकित्सकहरुसंग परामर्श लिन मिल्ने व्यवस्था मिलाएको हो ।

संघले देशभरका नागरिकलाई कोरोना भाइरससँग सम्बन्धित सल्लाह लिन विशेषज्ञ चिकित्सकको सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

संघका ५७ जना चिकित्सकको नम्बर सार्वजनिक गर्दै तोकिएको समयमा सर्वसाधारणले सार्वजनिक नम्बरमा चिकित्सकसँग सम्पर्क गरी समस्याबारे सल्लाह लिन सक्नेछन् ।

अहिले मौसम परिवर्तनका कारण रुघाखोकी बढी लाग्ने भएकाले त्यस्तो लक्षण देखिने वित्तिकै मान्छे अतालिन थालेका बेला टेलिफोनबाटै चिकित्सकले दिने परामर्शबाट नागरिक लाभान्वित हुने संघको अपेक्षा छ ।

यी नम्बरमा गर्नुहोस चिकित्सकलाई सम्पर्क: