logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१८ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा २ जना पक्राउ


अंकुरण खबर
1.365K
Shares

जबरजस्ती करणी गरेको अभियोगमा दुई युवालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ दङगिशरणका ललितपुर महालक्ष्मी नगरपालिका लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरीलाई पक्राउ गरेको हो ।

ती किशोरीलाई शनिबार साँझ महालक्ष्मी नगरपालिका लामाटार चोकस्थित खाली जग्गामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।