राष्ट्रिय मानवअधिकार आयोगले लकडाउनको समयमा दैनिक उपभोग्य बस्तुको आपूर्ति सहज बनाउन सरकारसँग आग्रह गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले नागरिकको स्वास्थ्यप्रति समेत संवेदनशील बन्न आग्रह गरेको हो । आयोगले अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अति विपन्नका लागि आवश्यक दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन भनेको छ ।
उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी र उनका परिवारको स्वास्थ्य सुरक्षा सुनिश्चित हुनुपर्ने आयोगको भनाइ छ ।