रुपन्देहीको बुटवलमा रहेको लुम्विनी प्रादेशिक अस्पतालमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित भएको आशंकामा उपचारका लागि पुगेका आशंकित १६ जना मध्ये अहिले सम्म ८ जनाको परिक्षण (नेगेटिभ) आएको लुम्विनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।
अस्पतालका अनुसार बाँकी ८ जना मध्ये ६ जनाको स्वाव परिक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा पठाईएको र ३ जनाको भने शुक्रवार (भोली) सम्म आईपुग्ने अनुमान गरिएको लुम्विनी प्रादेशिक अस्पताल बुटवलका सुचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।
सुचना अधिकारी गौतमले विहिवार (आज) ६ जनाको स्वाव परिक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं पठाएको जनाएका छन्। हाल अस्पतालमा ७ जनाको आईसोलेन वार्डमा राखेर उपचार भैरहेको वताईएको छ ।