बेलायतमा अर्का नेपालीको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ। साउथ इस्ट लण्डनमा परिवारसहित बस्दै आएका प्रशान्त अर्यालको सोमबार निधन भएको हो।
शनिबार रातिदेखि खोकी लाग्नुका साथै ज्वरो आएपछि ४० वर्षीय अर्याललाई त्यहींको क्वीन एलिजावेथ अस्पताल लगिएको थियो। अस्पतालले कोरोनाभाइरसकै कारण उनको मृत्यु भएको जानकारी हिजो परिवारलाई गराएको हो ।
चितवनका अर्याल एक छोरा, एक छोरी र श्रीमतीसहित लण्डनमा बस्दै आएका थिए।
यसअघि गएको साता लण्डनमै रहेका ६५ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको थियो।