कोरोनाको संक्रमण र मृत्युदर दिन प्रतिदिन बढ्दो क्रममा देखिएको छ । चीनको वुहान सहरबाट फैलिएको कोराना सुरुवातको महिनाभरमा नफैलिएका संख्या अहिले एकै दिनमा बढी फैलिएको छ ।
शुक्रबार बिहानसम्म आउदा विश्वको सबैभन्दा बढी संक्रमित राष्ट्र अमेरिका भएको छ । करिव १७ हजार जना संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ८५ हजार २ सय २ जना संक्रमित हुँदा १ हजार २ सय ९० जनाको मृत्यु भएको छ ।
चीनमा अहिलेसम्म ८१ हजार २ सय ८५ संक्रमित हुँदा ३ हजार २ सय ८७ जनाको मृत्युु भएको छ । इटालीमा८० हजार ५ सय ८९ संक्रमित हुँदा ८ हजार २ सय १५ जनाको मृत्यु भएको छ ।
हालसम्म ५ लाख ३१ हजार ५ सय १६ जना संक्रिमित हुँदा २४ हजार ६१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित राष्ट्र १९६ पुगिसकेका छन् ।