logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्पेनमा चार नेपाली कोरोना संक्रमित


अंकुरण खबर
819
Shares

कोरोना भाइरस (कोभिड–१९) कारण इटालीपछि सबैभन्दा धेरैको मृत्यु भएको स्पेनमा चार नेपालीमा संक्रमण पुष्टि भएको छ ।

संक्रमित नेपाली सबै बार्सिलोनमा बस्दै आएका थिए । हाल उनीहरुको उपचार भइरहेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुन्टी शेर्पाले चार नेपाली संक्रमित भएकोबारे दूतावासमा जानकारी आएको बताइन् ।

यद्यपि उनीहरुको पहिचान भने नखुलेको शेर्पाले बताइन् । स्पेनमा हालसम्म कोरोनाबाट ४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्यासमेत ६० हजार नाघेको छ । स्पेनमा १० हजार बढी नेपाली रहेको गैरआवासी नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।