logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनुषा बम विस्फोटः विप्लव समूहका थप एक कार्यकर्ता पक्राउ


अंकुरण खबर
910
Shares

प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी धनुषामा भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोट घटनामा संलग्न आरोपमा प्रहरीले धनुषाधाम नगरपालिका–५ का गंगा मण्डल खत्बेलाई पक्राउ गरेको हो ।

धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका खत्वे विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन् । उनीसहित यो घटनामा संग्लन भएको आरोपमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

मंसिर २७ गते राति भएको सो बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरिक्षक अमिरकुमार दाहाल, घरधनी ४८ वर्षीय साह र उनका १६ वर्षीय आनन्दकुमार साहको मृत्यु भएको थियो ।

विस्फोटमा राजेशका बुवा ७० वर्षीय भिखारी साह, राजेशका छोरा १९ वर्षीय प्रकाश साह, राजेशकी छोरी १७ वर्षीया अञ्जली साह, छिमेकीहरु अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतो घाइते भएका थिए ।