logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एनसेलमा १ सय रिचार्ज गर्दा १२० रुपैयाँ बोनस, यस्तो छ व्यवस्था


अंकुरण खबर
910
Shares

एनसेलका सबै ग्राहकले आजदेखि लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्ने भएका छन् ।

कोरोनाभाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम वृद्धि गरेको एनसेलले जनाएको छ ।

ग्राहकले रिचार्ज गरे वापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् । बोनस रकम तीन दिन सम्मका लागि मान्य हुनेछ ।