logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कोरोनाबाट भारतमा एकै दिनमा ८ को मृत्यु, ७० संक्रमित


अंकुरण खबर
806
Shares

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा बिहीबार एकै दिनमा ८ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ ।

कोरोनाबाट एकै दिनमा यति धेरै संख्यामा मृत्यु भएको भारतमा यो पहिलो पटक हो । बुधबार २ जनाको मृत्यु भएको थियो । बुधबार १२ जना नयाँ संक्रमित देखिएकोमा बिहीबार ७० जनामा संक्रमण पुष्टि भएको छ।

भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको छ भने मृत्यु हुनेको संख्या २० पुगेको छ ।

भारतमा कोरोना संक्रमितमध्ये ४५ जना पूर्ण रुपमा स्वस्थ भएर घर फर्किएका छन् भने ६ सय ६२ जना उपचारत छन् ।