पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको संकटका बेला निजी अस्पतालहरुले पनि सहयोग गर्नु पर्ने जनाएका छन् ।
पूर्वराजा शाहले आम नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने र निजीस्तरका स्वास्थ्य संस्थाले पनि सहयोग गर्नुपर्ने बताएका हुन् ।
बिहीबार एक ट्वीट गर्दै पूर्वराजा शाहले यस्तो लेखेका छन्:
कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देश भित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेला पछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ । यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्छ ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) March 26, 2020