logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस पुनः परीक्षणका लागि पठाइएका ८ वटा नमूनाको आयो नतिजा


अंकुरण खबर
858
Shares

हङकङमा कोरोना भाइरस पुनः परीक्षणका लागि पठाइएका ८ वटा नमूनाको नतिजा नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपश्चात पुनः परिक्षणका लागि हङकङ पठाइएको थियो । कोरोना परीक्षणका लागि विश्वस्वास्थ्य संगठनको प्रयोगशाला हङकङमा पठाइएका ८ जनामा कोरोनाको संक्रमण नपाइएको हो ।

हालसम्म नेपालमा ७५८ नमूना परिक्षण गरिएकोमा ३ जना संक्रमित भेटिएका छन । त्यसबाहेक ७५५ जनामा कोरोना भाइरस देखिएन । त्यस्तै ३ जना संक्रमितमध्ये १ जना निको भइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहको छ ।