मुस्कान खातुन एसिड प्रहार गर्ने एक जना अभियुक्त साधारण तारेखमा रिहा भएका छन् ।
त्रिभुवन माविको कक्षा ९ मा अध्ययनरत मुस्कान एसिड आक्रमणपछि हालसम्म काठमाडौंमा उपचाररत छिन् । जिल्ला अदालतले घटनाका अभियुक्त संसाद मियाँ वैशाख १४ गते पुनः अदालतमा हाजिर हुनेगरी रिहा भएका हुन् । संसादलाई उनकी आमा हसिना खातुनले सहीछाप गरी जिम्मा लिएकी हुन् ।
ज्यान मार्ने उद्योग तथा तेजाब छर्की कुरूप पारेको मुद्दामा बाल सुधार गृहमा रहेका आरोपी संसाद मियाँलाई जिल्ला अदालतले बोलाएको समयमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको छ ।
भदौ २० गते बिहान छपकैया निवासी मुस्कान खातुनमाथि गणेशमान चोकमा संसाद र मजिद मियाँले एसिड प्रहार गरेका थिए ।