logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

३०५ पर्यटक लिएर उड्यो कतार एयरलाइन्सको विमान


अंकुरण खबर
611
Shares

नेपालमा रहेका विभिन्न देशका ३०५ पर्यटक लिएर कतार एयरलाइन्सको विमान आज ९शुक्रबार० फर्किएको छ ।

नेपालमा अलपत्र पर्यटक लिन शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको विमान अवतरण भएको हो। त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले कतार एयरलाइन्सको विमान ३०५ जना यात्रु लिएर उडेको जानकारी दिएका छन् । उनका अनुसार जहाजमा अधिकांश जर्मन र फ्रान्सका नागरिक छन् ।

बिहान ९:४० मा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा अवतरण गरेको कतार एयरले बिभिन्न देशका नागरिकलाई उद्धार गरेर लगेको हो । कतार एयरवेजले रेस्क्यु फ्लाइटको रुपमा उडान भरेको हो । उद्धार गरिएकोमा १९० जना जर्मन नागरिक छन् । बिहीबार रेस्क्यु फ्लाइटका लागि अनुमति दिइएको थियो ।

देशका विभिन्न ठाउँबाट उद्दार गरिएका पर्यटकसहित काठमाडौंमा भएका पर्यटक समेत गरी सो उडानमार्फत् सम्बन्धित देश पठाइएको हो ।

‘लकडाउनका कारण नेपालमा फसेका १९० जना जर्मनीका नागरिक सहित ३०५ जना विदेशी लगेर ११ः५० मा उडान भरेको छ,’ प्रवक्ता क्षेत्रीले भने ‘भोलि पनि नेपालमा अलपत्र परेका विदेशी नागरिकलाई लैजान कतार एयरवेजले उडान अनुमति लिएको छ ।’

बिहीबार पोखरा र लुक्ला एरपोर्टबाट विभिन्न देशका नागरिकलाई उद्दार गरी काठमाडौं ल्याइएको थियो ।