logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्रिकेटर सन्दीपद्वारा कोरोना भाइरसविरुद्ध लड्न राहत कोषमा एक लाख सहयोग


अंकुरण खबर
702
Shares

नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाइरसविरुद्ध लड्न राहत कोषमा एक लाख सहयोग गरेका छन् ।

उनले सरकारले गठन गरेको राहत कोषमा १ लाख दिने घोषणा गरेका हुन् । सामाजिक सञ्जालमार्फत सरकारी राहत कोषमा सो सहयोग रकमको घोषणा गरेका हुन् ।

उनले भनेका छन्, यो समय भनेको केही दुरी बनाएर बस्ने बेला हो । साथै सहयोग र साथ दिने समय पनि हो । उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेका छन् ।

नेपालमा अहिलेसम्म तीन जना कोरोनाबाट संक्रमित भेटिएका छन् ।