logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीको स्वास्थ्यबारे अस्पताल पुगेर प्रचण्डले लिए जानकारी


अंकुरण खबर
1.027K
Shares

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।

प्रचण्डले शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका हुन्।

फागुन ३० गते मृगौला प्रत्यारोपण गरी फर्किएका ओली मुटुको धड्कन बढेपछि बिहीबार राति अस्पताल भर्ना भएका थिए। प्रचण्डको सचिवालयका अनुसार भेटका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य र कोरोना भाइरसको संक्रमण रोक्न पार्टी र सरकारबाट भइरहेको गतिविधिका विषयमा कुराकानी भएको छ।

प्रधानमन्त्रीको अवस्था सामान्य रहेको छ। उनको आज साँझसम्म डिस्चार्ज गरिने जनाइएको छ ।