हिमालयन बैंकले कारोना रोकथाम कोषमा १ करोड २५ लाख सहयोग गरेको छ ।
महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै चिकित्सकहरु तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुको सुरक्षाको लागि भन्दै बैंकले सरकारले गठन गरेको कोषमा सो रकम उपलब्ध गराएको हो ।
हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सो रकम उपलब्ध गराएको जनाएको छ ।