logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस आशंका: प्रदेश १ का १४ जनाको नतिजा नेगेटिभ


अंकुरण खबर
793
Shares

प्रदेश-१ का कोरोना भाइरस शंकास्पद २० जनामध्ये १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विभिन्न क्वारेन्टाइनमा रहेकाहरुमध्ये २० जनाको परीक्षण गर्दा १४ जनाको नतिजा नेगेटिभ आएको र ६ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए।

उनका अनुसार प्रदेशमा १७४ शय्याको आइसोलेशन कक्ष र एक हजार तीनसय शय्‍याको क्वारेन्टाइन रहेको छ । हालसम्म ती क्वारेन्टाइनमा १०३ जना र आइसोलेशनमा ९ जना शंकास्पद व्‍यक्ति रहेको बताइएको छ।

थप ८०० शय्‍याको आइसोलेशन स्थापना गर्ने प्रकृया अगाडि बढेको मन्त्री घिमिरेले बताए। यसैगरी प्रदेश सरकारले विभिन्न अस्पतालका चिकित्सकका लागि दुईसय पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको पनि उनले बताए।