logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरीमा डुबेर एकै घरका २ बालकको ज्यान गयो


अंकुरण खबर
1.378K
Shares

पोखरीमा डुबेर कपिलवस्तुमा २ बालकको मृत्यु भएको छ।

कपिलवस्तु नगरपालिका- ८, पूर्व वेलहवामा घर नजिकैको पोखरीमा डुबेर एकै घरका दुई बालकको ज्यान गएको हो। ज्यान गुमाउनेमा स्थानीय तबरेज धुनियाका छोराहरु १२ वर्षीय सलमान धुनिया र १० वर्षीय अरमान धुनिया रहेका प्रहरीले जनाएको छ।

दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ। पोखरीको किनारमा लोडरले माटो निकालेकोले गहिरो भएकोले बालकहरु त्यही ठाउँमा डुबेको स्थानीयको भनाइ छ।