logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शनिबारदेखि कान्तिपुर दैनिक पत्रिका बन्द


अंकुरण खबर
6.877K
Shares

कान्तिपुर दैनिक पत्रिका शनिबारदेखि केही दिनका लागि बन्द हुने भएको छ ।

कोरोनाको विश्वप्यापी प्रभावका कारण लकडाउनको स्थिति आएपछि राष्ट्रिय दैनिक पत्रिकाको मुद्रण शनिबारदेखि केही दिनका लागि बन्द हुने भएको हो ।

कान्तिपुरसँगै काठमाडौं पोष्ट, नेपाल साप्ताहिक, नारी र साप्ताहिक पनि केही दिन नछापिने कान्तिपुरका पब्लिकेसनका प्रकाशकले जनाएका छन् ।

दैनिक रुपमा परिस्थितिको आकलन र हालको स्थितिमा सुधार आउनासाथ पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिने कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले जानकारी दिएका छन् ।

राजधानी बाहिरका विभिन्न जिल्लाबाट प्रकाशित हुँदै आएका पत्रिकाहरु पनि धमाधम बन्द हुन थालेका छन् । पत्रिकाबाट कोराना भाइरस सर्न सक्छ भन्ने हल्ला चलेका कारण प्रकाशित हुँदै आएका पत्रिकाको वितरणमा समेत समस्या देखिएको हो ।

अर्कोतर्फ लकडाउनका कारण पत्रिकाको वितरणमा पनि समस्या देखिएको छ । साइकल र मोटरसाइकलबाट पत्रपत्रिका ढुवानी गर्नेहरुले पनि कोरोनाको जोखिम महसुस गरेपछि पत्रपत्रिकाहरुमाथि संकट आइलागेको हो ।