logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप एक नेपालीमा कोरोना भाइरस पुष्टि, नेपालमा संक्रमितको संख्या ४ पुग्यो


अंकुरण खबर
1.3K
Shares

कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित भएको पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो कुराको जानकारी दिएका हुन् । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचार गरै रहेका छन् । उनी चैत ११ गते दुबईबाट आएका थिए ।

उनीसंगै विदेशबाट आएकाहरुलाई पनि होम क्वारेन्टाइनमा बस्न र स्वास्थ्यमा थप समस्या आए अस्पताल जान प्रवक्ताले आग्रह गरेका छन् । यो संगै कोरोनाबाट नेपालमा संक्रमितको संख्या ४ पुगेको छ ।