
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी पंक्तिलाई कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले गरेका निर्णयको पक्षमा जनतालाई सचेत गराउन र सघाउन निर्देशन दिएको छ ।
शुक्रबार अध्यक्ष केपी शर्मा र पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विशेष परिपत्रमा यो विषम परिस्थितिमा कार्यकर्तालाई सम्भव भएसम्म स्वयंसेवी भूमिकामा रहन आग्रह गरेको छ ।
अध्यक्षद्धयले अहिलेको अवस्थामा सबै मानिस एकतावद्ध भै यसलाई सामना गर्न सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
नेकपाले आफ्ना कार्यकर्ताले जो जहाँ छन त्यहि ठाउँमा रहेर लकडाउनमा जनतालाई सघाउने र विदेशबाट आएका व्यक्तिहरुको पहिचान गरि उनीहरुलाई क्वारेन्टाइन र स्वास्थ्य परीक्षणका लागि पे्ररित गर्न भनेका छन् ।

|
78
SHARES
|
100%
0%
0%
0%
0%
Advertisment
प्रतिक्रिया0