logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको पाचौं दिन अतिआवश्यक आवागमन खुल्ला


अंकुरण खबर
1.547K
Shares

आजदेखि न्यूनतम आवागमन खुल्ला भएका छन् ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले लक डाउन गरेको पाचौं दिन आजबाट भने तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेसँगै आजदेखि अत्यावश्यक सवारीसाधन सहजरुपमा सञ्चालनमा हुने भएका हुन् ।

नोभल कोरोना भाइरसको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिको उक्त निर्णयले आजदेखि दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी र वितरणसँगै ग्राहकको आवागमन रोकिने छैन । नागरिकलाई संयमित भएर, केही दूरी कायम गरेर, भीडभाड नगरी आफ्नो स्वास्थ्य सुरक्षा ख्याल गरेर मात्रै किनमेल गर्न सरकारले सुझाव दिएको छ ।