कोरोना भाइरसको कारण इटालीमा एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै भएको छ । शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको हो । यो संगै इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ ।
त्यस्तै स्पेनमा पनि एकैदिन ७७७ जनाको मृत्यु भएको छ । यो संगै स्पेनमा मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ भने, संक्रमितहरुको संख्या ६५ हजार ७ सय १९ पुगेको छ ।
यस्तै अमेरिकामा एकैदिन ३१२ जनाको ज्यान गएको छ । यससँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७ पुगेको छ । शुक्रबार एकैदिन १७ हजार २९ जनामा नयाँ संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २ हजार ६ सय ६४ पुगेको छ । अन्य देशमा पनि कोरोनाको संक्रमण व्यापक फैलिएको छ ।