फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित युवतीका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार उनका परिवारका सदस्यहरुको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको हो ।
संक्रमित युवतीको भने टेकु अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ । उनको पनि दोस्रो परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने अस्पतालको तयारी छ । युवतीको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको छ तर नेगेटिभ नतिजा नआए सम्म डिस्चार्ज गर्न नमिल्ने अस्पतालले उल्लेख गरेको छ ।
गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी उनलाई कोरोना संक्रमण देखिएको थियो ।