कारोना भाइरस रोकथामका लागि औषधि र आवश्यक मेडिकल सामग्री बोकेको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जको राँझा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।
आज विहान ११ बजेर ३२ मिनेट जाँदा राँझा विमानस्थलमा अवतरण गरेको विमान रनवेबाट चिप्लिएर विमानस्थलको खाली चउरसम्म पुगेको थियो ।
नेपाल एयरलाइन्सको अल्फा एकेभी वाई टु कलसाईन भएको विमान दुर्घटनामा परेको हो । तर, विमानमा रहेका तीनजना चालक दलका सदस्य र दुई जना चिकित्सक ५ जना सकुशल रहेको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ । उनीहरु सकुशल रहेको तर विमानमा भने क्षति पुगेको प्रहरीले जनाएको छ । ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।