logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा आजैदेखि घर घरमा गएर फोहर उठाउन सरकारको निर्देशन


अंकुरण खबर
1.677K
Shares

सरकारले स्थानीय तहहरुलाई तत्काल नागरिकको घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

शनिबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ती जारी गर्दै आजैदेखि घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

कोरोना भाइरसका कारण फोहोर व्यवस्थापनमा समस्या आए पछि आजैदेखि उपत्यकाको फोहर संकलन र सिसडोलमा बिसर्जन शुरु भएको उल्लेख गरिएइको छ ।

अहिले सबै जना घरमै बस्ने भएकाले घरघरमा फोहोर बढी भएको र यसको व्यवस्थापन नभए अन्य रोग लाग्ने संभावना भएकाले फोहोर व्यवस्थापनलाई चुस्त बनाउन लागेको जनाइएको छ ।

मन्त्रालयले आजैदेखि यो विषम परिस्थितिमा स्वास्थ्य प्रति सचेत गराई घरघरमा फोहर संकलक पठाई त्यसको समुचित व्यवस्थापनमा लाग्न देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका,नरपालिकाहरुलाई निर्देशन दिएको हो ।

उपत्यकाको फोहोर उत्सर्जन हुने स्थान सिसिडोलमा पनि गर्मीसँगै फैलने दुगन्र्ध रोकथाम र किटाणु नासका लागि आवाश्यक औषधीको व्यावस्थापन गराउने काम तत्काल थालनी गर्न उपत्यकाका नगरपालिकालाई निर्देशन दिईसकिएको विज्ञप्तीमा उल्लेख छ ।