गाउँपालिका महासंघले देशैभरका सबै गाउँपालिकालाई भारतसहित तेस्रो मुलुकबाट आफ्नो गाउँपालिकाभित्र आएका नागरिकहरुको विवरण संकलन गरी संघीय सरकारलाई दैनिक रुपमा पठाउन पत्राचार गरेको छ ।
गाउँपालिकाहरुलाई गत दुई साताभित्र विदेशबाट फर्केकाहरुलाई तोकिएका मापदण्ड पुरा गरि क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न भनिएको छ ।
पछिल्लो समय विदेशबाट आएका व्यक्तिमा कोरोना पुष्टि भएको र उनीहरुमा संक्रमण फैलनी संभावना अझ प्रवल भएकाले उनीहरुको निगरानी नर्ग स्थानीय तहलाई पत्र पठाएको हो ।
शनिबार देशका ४६० गाउँपालिका अध्यक्षहरुलाई पत्र पठाएको र रुघखोकी तथा ज्वरो जस्ता कोरोना भाइरसका लक्ष्ण देखिएमा तोकिएका स्वास्थ्य संस्थामा लैजान समेत पत्राचार गरिएको छ ।