logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट धरानमा कोरोना परीक्षण सुरु ; हेटौडा, पोखरा र नेपालगञ्जमा पनि छिट्टै सुरु गरिने


अंकुरण खबर
1.573K
Shares

कोरोना भाइरसको परीक्षण काठमाडौंको टेकुमा मात्रै हुदै आएकोमा अब धरानबाट पनि परीक्षण सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारबाट धरानको वीपी कोइराला मेमोरियल अस्पतालबाट कोरोना परीक्षण सुरु गरिएको हो ।

मन्त्रालयका अनुसार शनिबार ९ सय जनाको परीक्षण भएको छ । अब केही दिनमै हेटौडा, पोखरा र नेपालगञ्जमा पनि परीक्षणका लागि तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

कोरोना परीक्षणको लागि आवश्यक सामग्री लिन शनिबारै नेपाली टोली चीन गइसकेका छन् । उक्त सामग्री आजै राती नेपाल आइपुग्ने छन् ।