logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण ३० हजार ८ सय ५१ को मृत्यु, ६ लाख ६२ हजार ९ सय ६७ संक्रमित


अंकुरण खबर
1.118K
Shares

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ३५ सय ७ जनाले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण मृतकको संख्या बढीरहेको छ । यसको असर सबै भन्दा बढी इटालीमा परेको छ ।

इटालीमा एकै दिन आठ सय ८९ जनाको मृत्यु भएको छ । योसंगै इटालीमा मृत्यु हुनेको संख्या १० हजार ३ पुगेको छ । अहिले इटाली पछि स्पेनमा मृत्युदर बढी छ । स्पेनमा एकै दिन ८ सय ४४ जनाको मृत्यु भएको भएको छ । योसंगै स्पेनमा पाँच हजार ९ सय ४७ जनाले मृत्यु भएको छ ।

मृतक र संक्रमितको संख्या अत्याधिक बढीरहेको अमेरिकामा २ हजार २ सय १२ जनाको मृत्यु भएको छ । भने संक्रमितको संख्या १ लाख २३ हजार ४ सय २८ पुगेको छ।

चीनमा पछिल्लो एक दिनमा ५ जनाको मृत्यु भएको छ भने ४५ जना नयाँ संक्रमित भेटिएका छन् ।

विश्व स्वास्थ संगठनका आनुसार अहिलेसम्म विश्वमा कुल मृतकको संख्या ३० हजार ८ सय ५१ पुगेको छ भने संक्रमितको संख्या ६ लाख ६२ हजार ९ सय ६७ जना पुगेको छ । त्यस्तै, १ लाख ४१ हजार ९ सय ५३ जना उपचारपछि निको भएका छन् ।