कोरोना भाइरस नियन्त्रणको लागि आवश्यक सामग्री बोकेर चीनबाट नेपाल वायु सेवा निगमको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। साढे १२ टन स्वास्थ्य सामग्रीसहित बिहान साढे ५ बजे विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य स्वास्थ्य उपकरणसहित विमान नेपाल आइपुगेको हो। स्वास्थ्य मन्त्रालयले माग गरेका स्वास्थ्य सामग्रीहरूको पहिलो लट चीनबाट आइपुगेका हुन् ।
नेपाल आइपुगेका सामग्रीमा २० हजार थान पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट, २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटर १०० थान छन् । त्यस्तै मोनिटर २,००० थान, एबिजी मेसिन२० थान, भाइरल डिटेक्टिङ पिसिआर मेसिन, २० थान अक्सिजन प्लान्ट, ५ थान रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन रहेका छन्। त्यसैगरि १०,००० थान इन्ट्युवेटिङ सेट, २,००० थान इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स, ७ थान सिआरआरटी मेसिन, २० थान पिसिआर किट्स र २,००० थान थर्मल थर्मोमिटर रहेका छन्। चीनबाट ल्याइनेमा १,००० थान थर्मो स्क्यानर, १० थान मेडिकल सुविधा सहितको मोबाइल एम्बुलेन्स र ५ थान जसमा मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्ससहित रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसनसम्मका सामग्रीसमेत छन् ।
अब आवस्यक्ता अनुसार आजैबाट यी सामग्री सेनाको हेलिबाट सातै प्रदेशमा पठाइने छ । सरकारले काठमाडौंको टेकु अस्पतालसँगै धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा पनि कोरोनाको परीक्षण गर्ने निर्णय गरिसकेको छ।