logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङ्जामा ३९८ जना क्वारेन्टाइनमा


अंकुरण खबर
975
Shares

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न क्वारेन्टाइनमा राखिएकाको संख्या शनिबारसम्म स्याङ्जामा करीब चार सय पुगेको छ ।

क्वारेन्टाइनमा बस्दै आएका एक जना भने घर फिर्ता भएका छन्  । जिल्लाका ११ वटै पालिकामा विभिन्न स्थानमा निर्माण गरिएका होम क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा बस्नेको संख्या ३९८ पुगेको हो ।

तीमध्ये २७ जना क्वारेन्टाइनमा छन् भने एक जना सेल्फ क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालयले   जनाएको छ। क्वारेन्टाइनमा बस्नेको संख्या दैनिक रुपमा बढ्दै गएको र विदेशबाट आउनेको गाउँगाउँमा पुगेर खोज्ने कार्य चलिरहेको जनाइएको छ ।