logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन उल्लघंन गर्ने २१० जना पक्राउ


अंकुरण खबर
637
Shares

कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको लकडाउनको उल्लघंन गर्ने २१० जनालाई प्रहरीले आज एकाबिहानै नियन्त्रणमा लिएको छ ।

लकडाउनको उल्लघंन गर्नेमा ५५ महिला र १५५ जना पुरुष रहेको प्रहरीले जनाएको छ । प्रहरीले आजबाट लकडाउनको उल्लंघन गर्नेलाई २ घण्टा नियन्त्रणमा राखेर सचेत गराएर मात्रै छाडिने बताएको छ ।

प्रहरीले हिजो दिनभर उपत्यकामा लकडाउन उल्लघंन गर्ने करिब ५ सय जनालाई नियन्त्रणमा लिएको थियो ।

यसैगरी प्रहरीले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन नागरिकसमक्ष आग्रह गरेको छ ।