भरतपुर कोरोना बिशेष अस्पतालमा कतार एयरवेजबाट आएर भर्ना भएका चितवनका ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
उनीहरु बाहेक अन्य ६ जनाको समेत रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।
बिहीबार ती यात्रुको स्वाब काठमाडौं ल्याइएको थियो । उनीहरुको स्वाब परीक्षणको रिपोर्ट आएपछि घर पठाउन लागिएको अस्पतालले जनाएको छ ।
अस्पतालले नयांँ भर्ना भएका ४ जना बिरामीको स्वाब परीक्षणको लागि आज काठमाडौं ल्याइएको छ । हालसम्म उक्त अस्पतालमा स्वाब परीक्षणमध्ये १९ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।