logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सालको गोलिया काठसहित एक पक्राउ


अंकुरण खबर
1.482K
Shares

पर्साको पर्सागढी नगरपालिका–३ बडनियार इलाकाबाट शनिबार एपीएफ टोलीले करिब ७८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका–८ हरपुर बस्ने ३५ वर्षिय रामायण साह छन् । सोही ठाउँमा रहेको जंगलबाट अवैध रुपले कटान गरी ल्याउँदै गरेको उक्त सालको गोलिया काठसहित साहलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई एपीएफ टोलीले बरामद सालको गोलिया काठसहित आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय सवैयामा बुझाएको जनाइएको छ ।