logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


अंकुरण खबर
715
Shares

प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो प्रहरीले खत्याड गाउँपालिका वडा नं. ४ जिउका बस्ने २० वर्षीय धर्मराज रावललाई पक्राउ गरेको हो । ती बालिकालाई सोही ठाउँस्थित पानीबाट चल्ने घट्टमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरीले रावललाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।