logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

झगडा मिलाउन गएका प्रहरीमाथि नै आक्रमण भएपछि चल्यो गोली


अंकुरण खबर
1.339K
Shares

झगडा मिलाउन गएका प्रहरीमाथि नै आक्रमणपछि मकवानपुरमा प्रहरीले फायर खोल्न वाध्य भएको छ ।

शनिबार राति हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी सांगेटोलमा स्थानीय युवाबीच झगडा मिलाउन गएको प्रहरीमाथि नै ढुङ्गामुढा प्रहार हुन थालेपछि प्रहरीले हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको हो ।

आफूमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले हवाई फायर गरेर एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी मिलन टोलका २० वर्षीय रोशन बल रहेको प्रहरीले जानकारी दिएको छ ।

बा ९३ प ६०१४ नम्बरको स्कुटरसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीयले प्रहार गरेको ढुङ्गामुढा लागेर ईलाका प्रहरी कार्यालय पशुपतिनगरको बा १ झ ७५२७ नम्बरको गाडीको झ्याल र पछाडिको सिसा फुटेको छ ।

झगडामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।