logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट अवैधरूपमा भित्रिए ३९ नेपाली


अंकुरण खबर
897
Shares

भारतबाट अवैधरूपमा ३९ जना नेपाली आइतबार स्वदेश भित्रिएका छन्।

नेपाल र भारतमा बन्दाबन्दी (लकडाउन) जारी रहँदा उनीहरू कैलालीको धनगढीस्थित सीमावर्ति गौरिफन्टाको जंगल हुँदै नेपाल भित्रिएको प्रहरीले जनाएको छ।

रोजगारीका क्रममा भारतका विभिन्न स्थानबाट आएका उनीहरू पलियाबाट हिँडेर नेपाल आएको बुझिएको छ।

कोराना भाइरस (कोभिड-१९) संक्रमण तीव्ररूपमा फैलिएपछि भारत र नेपालमा बन्दाबन्दी गरिएको छ। सो अवधिमा अत्यावश्यक कामबाहेक अन्य अवस्थामा हिँडडुल गर्न रोक लगाइएको छ।

स्थानीयले भारतबाट नेपाली भित्रिन लागेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। उनीहरूलाई तिल्लेतालको खाली जग्गामा राखेर स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरिरहेको प्रहरीले जनाएको छ ।

स्वदेश भित्रिएका सबै नेपालीको सबैको स्वास्थ्य परीक्षण गरेर धनगढीको खुलामञ्चमा रहेको क्वारेन्टाइनमा राखिने तयारी भएको जनाइएको छ ।