logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालबाट १० दिनअघि भारत गएका युवकलाई देखियो कोरोना


अंकुरण खबर
1.651K
Shares

नेपालबाट गएका एक युवकलाई भारतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार हरियाणा राज्यको पटियाला जिल्लाका ती युवकलाई शनिबार राति कोरोना भाइरसको पुष्टि भएको हो।

उनी मार्च १९ मा जहाज चढेर काठमाडौंबाट नयाँदिल्ली गएका थिए। दिल्लीबाट उनी बस चढेर साथीहरूसँग घर गएका थिए। घर गएको केही दिनपछि ज्वरो आएपछि उनी अस्पतालमा जचाउन गए।

उनी नेपालमा हुँदा नै संक्रमित थिए कि थिएनन् भन्ने खुलाएको छैन। उनी किन नेपाल आएका थिए र कति दिन बसे भन्ने पनि खुल्न बाँकी छ।