logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लगाई माछा मार्ने ६ पक्राउ


अंकुरण खबर
1.339K
Shares

पर्वत प्रहरीले नदीमा करेन्ट लगाई माछा मार्ने ६ जनालाई पक्राउ गरेको छ।

कुश्मा नगरपालिका–८, परादीस्थित मोदी नदीमा करेन्ट लगाई माछा मार्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ३१ वर्षीय दिनेश थापा मगर, ३७ वर्षीय राजु थापा मगर, २९ वर्षीय विष्णु थापा मगर, २१ वर्षीय समिर क्षेत्री, ३६ वर्षीय दुर्गा पौडेल र ३८ वर्षीय मिसन पौडेल छन्।

उनीहरूलाई माछा मार्नका लागि प्रयोग गरिएका साधनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ।