logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन चैत २५ सम्म थप्ने उच्चस्तरीय समितिको निर्णय


अंकुरण खबर
1.404K
Shares

लकडानको समय चैत २५ सम्म थप्ने उच्चस्तरीय समितिले निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष निकालेको हो ।

आइतबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले चैत ११ देखि  लागू भएको लक डाउन २५ गतेसम्म गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निष्कर्ष निकालेको स्रोतले जानकारी दिएको छ।

त्यस्तै, आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय लिने बताइएको छ ।

नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।