चितवनको माडीमा रहेको एक भूमिहन चेपाङको घरमा आगलागी हुंँदा बालिकाको जलेर मृत्यु भएको छ ।
आइतबार अपराह्न माडी नगरपालिका ७, करही खोला नजिकै रहेको राजकुमार चेपाङको घरमा नजिकै बारीमा लगाएको आगो उडेर सल्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घरमा आगो सल्किएपछि घरभित्र सुतिरहेकी उनकी ९ वर्षीयाकी छोरी रजिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।