सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि ८ दिनका लागि थप गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले संक्रमित देखिने क्रम जारी रहेको भन्दै लकडाउन अवधि बढाउने निर्णय गरेको हो । अब आगामी २६ चैतसम्म लकडाउन हुनेछ । यसअघि ११ चैतेदेखि १८ सम्म लकडाउन घोषणा गरिएको थियो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन अवधि बढाउन मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
नेपालमा हालसम्म ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।