कोरोना भाइरस नियन्त्रणका लागि भन्दै सरकारले गरेको लकडाउन पुनः थप भएको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले चैत २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
त्यस्तै खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने, एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । सरकारले लकडाउनलाई थप सशक्त पार्ने भएको छ ।